तरुण दलको संशोधित विधान पारित – Nepal Press

तरुण दलको संशोधित विधान पारित

काठमाडौं । नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ ।

नेपाल तरुण दल केन्द्रीय समितिको भक्तपुरको लोकन्थलीमा शनिबार र आइताबर अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको बैठकबाट दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

२०८० चैत १५ र १६ गते बसेको दलको बैठकले पाचौं महाधिवेशन सम्पन्न गर्न संघीय संरचना अनुरुप विधान संसोधन गर्ने निर्णय अनुरुप अध्यक्ष विद्वान गुरुङलाई समिति निर्माण गर्ने अधिकार दिएको थियो ।

गुरुङले केन्द्रीय सदस्यहरुमध्येबाट धनराज तुम्बापो लाई संयोजक, सदस्यहरुमा मुना भुषाल, कृष्ण रिजाल ,विवेक न्यौपाने, लोकहरी पौडेल र कार्यलय मुख्य सचिव ठान प्रसाद पोख्रेलज्यु सदस्य सचिव रहने गरि विधान संसोधन मस्यौदा समिती गठन गरेका थिए ।

दुई दिने चलेको बैठकमा केन्द्रीय सदस्यहरुले राय सुझाव दिएका थिए ।

विधान मस्यौदा समितिको पदाधिकारिज्युहरुले मस्यौदा तयार पार्दाको दौरान पाएको साथ र सहयोगको लागि सम्पुर्ण केन्द्रीय सदस्यज्युहरुलाइ धन्यवाद दिएका छन् ।

अध्यक्ष गुरुङले अब तरुण दल पाँचौं महाधिवेशन उन्मुख भएको कुरा बताउँदै विधान सर्वसम्मतिले पारित गरिदिएकोमा सम्पुर्ण केन्द्रीय सदस्य र विधान मस्यौदा संशोधन समितिको पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद दिए ।

आजको बैठकले रोल्पाको तत्कालीन रोल्पा नगर अध्यक्ष रोहित पुन लाई तरुण सहिद घोषणा गरेको छ र नेपाल सरकारसँग राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर