बुन्डेस लिगा: लेभरकुसेनको शानदार जित – Nepal Press

बुन्डेस लिगा: लेभरकुसेनको शानदार जित

काठमाडाैं। भिक्टर बोनिफेसले ९३ औं मिनेटमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसेनले बुन्डेसलिगामा आइतवार वुल्फ्सबर्गलाई ४-३ ले पराजित गरेको छ ।

खेलको चौथो मिनेटमा नोर्डी मुकिलेले आत्मघाती गोल गरेपछि सुरुवातमानै लेभरकुसेन पछि परेको थियो । तर जाबी अलोन्सोको घरेलु टोलीले नौ मिनेटपछि फ्लोरियन विर्ट्जको गोल मार्फत बराबरी गर्न सफल बन्यो ।

खेलको ३२औं मिनेटमा जोनाथन ताहले उत्कृष्ट हेडरमार्फ गोल गरेपछि घरेलु टोलीले २-१ को अग्रता बनायो । तर त्यसको पाँच मिनेटमानै सेबास्टियान बोर्नाउको हेड गोलमा वुल्फ्सबर्गले बराबरी गर्न सफल बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा म्याटियास स्वानबर्गले गोल गर्दै वोल्फ्सबर्गलाई पुन: ३-२ को अग्रता दिलाए ।

पहिलो हाफमा ३-२ ले पछि परेको लेभरकुसेनले खेलको ४८ औं मिनेटमा पिएरो हिन्कको गोल मार्फत बराबरी गर्न सफल बन्यो । खेलको ८८औं मिनेटमा वोल्फ्सबर्गका यानिक गेर्हार्ट रातो कार्ड खादै बहिरिएपछि त्यसको फाइदा लेभरकुसेनलाई भयो ।

उस्ले दोश्रो हाफको इन्युरी समयमा वैकल्पिक खेलाडी बोनिफेसले गोल गर्दै टिमलाई जित दिलाए । जित पछि लेभरकुसेन ४ खेलबाट ९ अंक सहित लिग तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

आइतबार रातिनै भएको अन्य खेलमा स्टुगर्टले ब्रोयसिया डर्टमन्टलाई ५-१ ले पराजित गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *