प्रधानमन्त्री ओलीलाई भेटेर लुम्बिनीमा गुम्बा बनाउन जग्गा दिएकोमा भुटानी प्रधानमन्त्री तोग्बेले दिए धन्यवाद – Nepal Press

प्रधानमन्त्री ओलीलाई भेटेर लुम्बिनीमा गुम्बा बनाउन जग्गा दिएकोमा भुटानी प्रधानमन्त्री तोग्बेले दिए धन्यवाद

काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेको भेट भएको छ ।

परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा र उनका भुटानी समकक्षी डिएन ढुङेलसहित भएको डेलिगेसन तहको भेटको दुवै प्रधानमन्त्रीले सार्वजनिक जानकारी दिएका छन्।

ओलीले भेटमा दुई देशको सम्बन्ध र सहकार्यमा कुराकानी भएको बताएका छन्। तोग्बेले ओलीलाई चौथो कार्यकालको बधाई तथा लुम्बिनिमा भुटानलाई गुम्बा बनाउन जग्गा दिएको भन्दै धन्यवाद भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर