करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला – Nepal Press

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो ।

जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ । यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर