रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन (भिडिओ)
नेपाल प्रेस
२०८१ असोज ७ गते १०:५२
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरेका छन् ।
पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरिएको छ ।
उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै प्लेकार्ड समेत बाेकेका थिए ।
रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको बताए । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको दाबी गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर