श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ (भिडिओ)
नेपाल प्रेस
२०८१ असोज ७ गते ११:३८
काठमाडौं । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।
श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ ।
भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन् । सन् २०१९ को चुनावमा भने उनी तेस्रो भएका थिए । त्यो चुनावमा उनले ४ लाख १८ हजार बढी मत ल्याएका थिए ।
प्रतिक्रिया
One thought on “श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
हार्दिक बधाई तथा शुभकामना साथै भिंतुना देछाना च्वना: ।