आईजीपी कुँवर ग्रीस प्रस्थान – Nepal Press

आईजीपी कुँवर ग्रीस प्रस्थान

कार्यवाहक आईजीपीको जिम्मेवारी एआईजीपी राईलाई

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर विदेश भ्रमणमा निस्किएका छन् । आईजीपी कुँवर सोमबार ग्रीस प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात मंगलबार देखि असोज १० अर्थात बिहिबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन आइजीपी कुँवर सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य समेत सहभागी हुनका लागि प्रस्थान गरेका छन् । आइजीपी कुँवर र एसएसपी आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी), प्रहरी नायव महानिरीक्ष (डीआईजीपी) लगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा पुगेर शुभकामना सहित बिदाई गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा एआईजीपी टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सहित कार्यवाहक प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेका छन् । राई प्रहरी प्रधान कार्यालयमा रहेको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *