दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकले गरे प्रदर्शन – Nepal Press

दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकले गरे प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकहरूले दबाबमुलक प्रदर्श गरेका छन् ।

राष्ट्रिय नागरिक श्रमिक महासंघको ब्यानरमा केही समर्थकहरू माइतीघरमा विरोधमा उत्रिएका हुन् ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *