बन्दी प्रत्यक्षीकरणको रिट लिएर दुर्गा प्रसाईंका छोरा सर्वोच्चमा – Nepal Press

बन्दी प्रत्यक्षीकरणको रिट लिएर दुर्गा प्रसाईंका छोरा सर्वोच्चमा

काठमाडौं । दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै उनका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

प्रसाईंको हकमा उनका छोराले रिट दायर गर्न लागेका हुन् । प्रवक्ता कुइँकेलका अनुसार वारेसमार्फत रिट ल्याइएको छ । साइबर अपराध गरेको आरोपमा प्रसाईं आइतबार पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको समय दिएको थियो । प्रसाईं अस्पतालमा बसेर हिरासत गुजारिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *