प्रस्तावित राजदूत भट्टराईले बुझाउन सकेनन् स्नातकको सर्टिफिकेट – Nepal Press

प्रस्तावित राजदूत भट्टराईले बुझाउन सकेनन् स्नातकको सर्टिफिकेट

अस्वीकृतका लागि आज पुगेन दुई तिहाइ, भोलि निर्णय लिइने

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समिति सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए ।

समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ । घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताए ।

भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलव्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागिसमय दिएको थियो । समितिको बैठक मंगलबार बिहान बोलाइएको छ ।

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *