सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा २ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता – Nepal Press

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा २ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवका अवसरमा दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको मृत्यु भएमा रकम भुक्तानी दिइने छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुने र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको २ प्रतिशतसम्म मासिक आय सुविधा रकम उपलब्ध गराइने व्यवस्था रहेको कम्पीनले जनाएको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको जनाइएको छ ।

‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्नका लागि अघि सारिएको बीमा योजना रहेको कम्पनीले जनाएको छ । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट सुरुवात गरिएको कम्पनीको दाबी छ ।

अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

आठौं वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट)सँग सम्बन्धित आईएसओ २७००१ संपरीक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाइएको छ । यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर