सत्ताका लागि कांग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए, परिस्थिति जटिल छ: प्रचण्ड (भिडिओ) – Nepal Press

सत्ताका लागि कांग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए, परिस्थिति जटिल छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनलाई सत्ताको हतियार बनाएको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले अहिले परिस्थिति निकै जटिल बन्दै गएको बताए ।

 

प्रचण्डले भने, ‘परिस्थिति निकै जटिल छ, सहज छैन । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । अहिले दुई ठूला पार्टी त्यसको मर्मअनुसार अघि बढ्न खोजेका छैनन् । उहाँहरुको एजेण्डा संविधान संशोधन दुईचार दिन अगाडिसम्म थिएन । यो संविधानले राजनीतिक स्थिरता भए समीक्षा गर्ने बेला भयो कहिल्यै भन्नुभएको थिएन । कसैले सुन्नुभएको छ, एमाले र कांग्रेसले संविधान संशोधनको कहिल्यै छलफल गरेका थिएनन् । उनीहरुलाई चाहिएको सरकार थियो ।’

माओवादी केन्द्रको नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको विषयलाई कथा बनाएको भन्दै उनले थपे, ‘यो उहाँहरुको एजेण्डा होइन, अरुको एजेण्डा हो ।’


प्रतिक्रिया

One thought on “सत्ताका लागि कांग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए, परिस्थिति जटिल छ: प्रचण्ड (भिडिओ)

  1. सत्तामा बसेर लुटन बन्द भएकाले छटपटाएको अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर