अमेरिका पुगेका प्रधानमन्त्रीलाई पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने ?
काठमाडौं । पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’ भन्दै प्रश्न गरेकी छन् ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हावर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्न कार्यक्रम सम्बन्धमा उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रश्न गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने भएकाले न्यूयोर्क र बोस्टनमा रहेका नेपाली युवा विद्यार्थीलाई प्रधानमन्त्रीको सम्बोधन सुन्न अनुरोध गर्दै पूर्वशिक्षामन्त्री श्रेष्ठले आफ्नो प्रश्न गरिदिन पनि आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आवद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नुभएको छ । न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है ! अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला- ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’
नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है।
अनि मेरो तर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला -… pic.twitter.com/h51UHcq7In
— Sumana (@SumanaShrestha) September 23, 2024
लेख्न त म थिएन तर!
– राजनीति चेत शून्य,
– वैचारिक धरातल के हो अहिलेसम्म प्रष्ट नभएको,
– अरुलाई पांडे गाली मात्र गर्ने,
– सहि सूचना समेत राख्न नसक्ने/ख्यान नगर्ने वहाँ जस्ता तथाकथित जान्नेसुन्नेहरुले अत्यन्तै कल्पोलकल्पित सूचना प्रवाह गरेको देखेर यसो २/४ शब्द कोर्न मन लाग्यो ! ।
पुर्व मन्त्री सुमना श्रेष्ठ जी
यो प्रश्नको जवाफ दिनुस त पहिले !
-प्रम केपी ओली कति गते अमेरिका जानुभएको हो?
-तलको ब्यानरको कार्यक्रम कति गतेको हो?
संसद अझ पुर्व मन्त्री भैसकेको मान्छेले कम्तिमा तिथिमिति बारे त जानकारी राख्नुस । आफूलाई थाहा नभए आफ्ना जान्नेसुन्ने सचिवालयमा बुझ्नुस् न हौ ।
यति सम्म सामान्य जानकारी समेत नभएका/नहुने माननीय लाई के भनौ र खै?
हुन त जान्नेलाई जान्ने उसै भनेको होईन रहेछ। त्यही भएर त “अल्पज्ञाम् भयंकरम्” भनेक रहेछ ।
अं साच्चै तपाइँलाई दोहोरो राहदानी बोकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले काटेको पत्रको छ । त्यो बारेमा लेख्न मन थियो । तर यहाँ त्यो विषयवस्तु नमिल्ने देखेर अहिलेलाई स्थगित गरे ।
र अन्त्यमा समाचार बनाउदा , प्रम केपी ओली अमेरिका जानु भएको दिन र ब्यानर समेत ख्याल नगरेको देख्दा चै …।