डीपी अर्यालको जिकिर- आफ्नै कर्मको फलले अमेरिकामा प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्‍याे – Nepal Press

डीपी अर्यालको जिकिर- आफ्नै कर्मको फलले अमेरिकामा प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्‍याे

‘सहकारी छानबिन समितिले टीओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले असुरक्षित महसुस गर्नु उनीहरुकै कर्मको फल भएको टिप्पणी गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम थियो, तर न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलताका कारणले कार्यक्रम रद्द भएको अन्तिम समयमा सूचना निकालेको थियो ।

त्यसबारे अर्यालले पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘नेपाल सरकारको लेटरप्याडमा के लेखिएको छ, उहाँहरु असुरक्षित हुनुभयो रे अमेरिकामा ! दुभाग्य, अचम्म लाग्छ मलाई । त्यो उहाँको कर्मको फल हो । शुभकामना छ उहाँहरुलाई ।’

उनले सहकारी प्रकरणमा छानबिन समितिले टीओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी गरे ।

प्रतिवेदनले ८७ अर्बको कुरा ल्याउँदा पनि रवि लामिछानेविरुद्ध सबै लागिरहेको उपसभापति अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर