शाओमीले ल्यायो दसैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग – Nepal Press

शाओमीले ल्यायो दसैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ ।

‘दसैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । यस चाडपर्व विशेष अफर भाद्र ३० देखि कार्तिक ३० सम्म लागु हुने छ

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीका स्मार्टफोनहरुले हाम्रा ग्राहकहरूको यसपालिको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहँुच पुग्नुपर्छ र तेस्को लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विस्वास रहेको छ ।’

यस्ता छन् अफरहरु:

रेड्मी नोट १३ः
६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र

रेड्मी नोट १३ प्रोः
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५ जीः
८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ५२,९९९ , अफर मूल्य रु. ४९,९९९ मात्र

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

भाद्र ३० देखि कात्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर