अस्कलमा पढ्ने विद्यार्थीले ठमेलको ओभरसिज फ्रेन्डसिप अस्पतालबाट ४५ प्रतिशत छुट पाउने – Nepal Press

अस्कलमा पढ्ने विद्यार्थीले ठमेलको ओभरसिज फ्रेन्डसिप अस्पतालबाट ४५ प्रतिशत छुट पाउने

काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत विद्यार्थीले ठमेलस्थित ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा ४५ प्रतिशत छुट पाउने भएका छन् ।

स्वतन्त्र विधार्थी युनियन अस्कल क्याम्पसको पहलमा अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई क्याम्पस नजिकै रहेको ठमेल पिपलबोट स्थित उक्त अस्पतालबाट उपलब्ध गराइने उपचार सेवामा ४५ छुट दिने व्यवस्था भएको हो ।

अस्पताल प्रशासन र स्ववियु अस्कल क्याम्पसविच सम्झौता भएर कार्यान्वयनमा अघि बढिसकेकाले क्याम्पसमा अध्ययननरत सबै विद्यार्थीले आवश्यक सेवा लिनका लागि स्ववियुको सिफारिस लिएर जानुपर्ने स्ववियुका सचिव रुद्रहरी पोख्रेलले जानकारी दिए । उनका अनुसार अस्कल क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा करिब २ हजार ५ सय विद्यार्थी रहेकाले ति सबै विद्यार्थी उक्त सुविधाबाट लाभान्वित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर