दुई प्रदेश प्रमुखलाई एकै मञ्चमा सम्मान – Nepal Press

दुई प्रदेश प्रमुखलाई एकै मञ्चमा सम्मान

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै मञ्चमा सम्मान गरेको हो।

स्वागत तथा सम्मानपछि बागमती प्रदेश प्रमुख देवकोटाले मकवानपुर विविधताले भरिएको जिल्ला भएको भन्दै विभिन्न धर्म, जाति ,लिङ्ग, सम्प्रदायबिचको अद्भुत मेल सुन्दर पक्ष रहेको बताए ।

‘सङ्कल्प र इमानदारिताले कमी कमजोरी हटाइ उन्नत दिशातिर अघि बढ्न सकिन्छ’ उनले भने ‘इस्लाम धर्मावलम्बी दाजुभाइ ,दिदीबहिनीहरू,
यहाँको समाज विकास, एकता र सहयोगको लागि मेरो तर्फबाट हुनसक्ने यथाशक्य पहल गर्ने छु ।’

कार्यक्रममा सुदूर पश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिमको हक अधिकार तथा पहिचानका लागि काम गर्दै आएको र अझै गर्नु पर्ने रहेको बताएका थिए ।

संविधानमा मुस्लिमको हक अधिकार को सुनिश्चितता भए पनि ऐन नबनेकाले केही समस्या उत्पन्न भएको बताए।

‘समानता जब हुन्छ तब मात्र मुस्लिमको समस्या समाधान हुन्छ’ प्रदेश प्रमुख मियाँले भने ।

मुस्लिम समुदायका लागि सरकारले पर्याप्त अधिकार प्रदान गरेको भन्दै उनले अधिकार कार्यान्वयनको विषयमा जोड दिनु पर्ने बताएका थिए ।

‘हामी आदिवासी हौ आप्रवासी होइनौ’ भन्ने कुरा मुस्लिम समुदायका अगुवाहरूले स्पष्ट पार्नु पर्ने मियाले बताए।

मकवानपुरको हेटौँडा उपमनपाा–४ स्थित जामे मस्जिदमा मकवानपुर मुस्लिम समुदाय मकवानपुरको आयोजनामा कार्यक्रम भएको थियो ।

प्रदेश प्रमुख स्वागत सम्मान कार्यक्रम संयोजक तथा इश्तिहार बागमती प्रदेश समिति अध्यक्ष मोहम्मद समिमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली,जामे मस्जिदका संस्थापक अध्यक्ष हाजी रुद्र ढकाल, जनप्रिय मावि प्राविधिक विभागका संयोजक मोतिउर रहमानलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *