कैलालीमा बसको ठक्करबाट मृत्यु – Nepal Press

कैलालीमा बसको ठक्करबाट मृत्यु

कैलाली । बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८४ वर्षीय हर्कबहादुर बम रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *