एकै दिन १६ जुवाडे पक्राउ – Nepal Press

एकै दिन १६ जुवाडे पक्राउ

डोटी । प्रहरीले विभिन्न स्थानबाट एकै दिन १६ जुवाडे पक्राउ गरेको छ ।

सोमवार राती कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालस्थितमा स्थानीय ४२ वर्षीय करन चन्दले सञ्चालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक चन्द सहित ६ जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले जानकारी दिएको छ ।

प्रहरी प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूलाई ४२ हजार सात सय ७० रुपैयाँ नगद र १० गड्डी तास सहित पक्राउ गरिएको हो ।

सोमवारै कञ्चनपुरको बेदकोट नगरपालिका बेदकोट–५ धरमपुर भन्ने ठाउँबाट जुवा खेलिरहेकै अवस्थामा १० जना पक्राउ परेका छन् ।

स्थानीय राजेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय जय बहादुर बोहरा समेत १० जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जुवातास खेल्ने खेलाउने काम भइरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूसँगबाट २३ हजार एक सय ५ रुपैयाँ नगद र १० गड्डी तास फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *