रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ गरेको भोलिपल्टै मिश्र प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्।
आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भएको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्। मिश्रले प्रचण्डलाई अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।
लामो व्याख्या सहित आफ्नो कुरा राखेपछि प्रचण्डको केही टिप्पणी अर्थपूर्ण लागेको उनले बताएका छन्।
यस्ता छन् प्रचण्डले मिश्रसँग राखेका सात कुरा:
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।
५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।
६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
यसको मतलव अव माओवादी र राजावादी एकै सिक्काका २ पाटा थिए ‘ हुन् र हुदैछन् भन्न खोजेको सन्देश !
लगाम बिनाका घाेडा जस्ताे देखियाे । राजाले पनि त संबिधानकाे अक्षरश पालन गरेकै हुन । दलहरू नै संबिधानकाे लाईन भन्दा बाहिर गईदिए पछि साईडमा ल्याउंछु भन्दा याे अबस्था आयाे ।
अनयासै देशलाई द्वन्द्वमा पुर्याउने कुरा तत्कालीन समयमा गलत थियो भन्ने कुरा त्यति बेला महसुस भएको भए देशले अर्कै मोड लिई सकेको हुन्थ्यो? देशलाई यो अवस्थामा पुर्याउन १०४ वर्षे राणाशासन,३० वर्षे पञ्चायती शासन अनि माओवादी द्वन्द तथा अहिलेको साशन व्यवस्था उत्तिकै जिम्मेवार छ
जाहानिया ताानाशाही व्यवस्था मुर्दावाद
सेतो दाँत भित्र धेरै सडयन्त्र हरू लुकेको हुन्छ हामिलाई ज्यान मारा वंष सखाप पार्ने राजा चाहिन्दैना,हामिलाई राजा यस्तो चाहिन्छ नेपालि जन्ताहरूले चुनेको राजा चाहिन्छ !!
सकिन्छ भने ,फाल्गुन १ गते लाई राष्ट्रिय दिवसको घोषणालाई आफै फिर्ता लिने तर्फ उन्मुख गरौं । नेपालीले नेपाली ( निर्दोशि पनि ) मरेका छन ।आज सम्म त्यो ताका बिनास भएका सन्रक्चनाको पनि पुनः निर्माण भै सकेका छैन । हतियार …. गलत बाटो हो भन्नेमा दुई मत छैन भन्ने तिर उन्मुख गराउनु जरुरी छ । आ आफ्नो हिसाबले सान्केतिक बिरोध त पहिलै देखी सुरु भै सकेको छ । सम्बिधान दिवस लाई राष्ट्रिय दिवस घोषणालाई नै जन युद्धको उप्लब्धी हो भन्ने हेक्का कम्रेड प्रचण्ड जिउ लाई पनि होला । आफ्नो पार्टी लाई सम्झाउने उहाँको जिम्मेवारी हो ।