उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै सिप्रदी – Nepal Press

उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै सिप्रदी

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केएर क्याम्प’ आयोजना गर्ने भएको छ ।

यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आईसीई (पेट्रोल र डिजेलमा आधारित ) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९-११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धी सञ्जालहरूमा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा नि:शुल्क पाउने बताइएको छ ।

यसैगरी, ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशत छुट दिइनेछ भने टप वासिङ सित्तैमा गरिने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने उद्देश्यअनुरूप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदीले जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर