एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु / भिडिओ) – Nepal Press

एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु / भिडिओ)

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ।

चीनको हाङझाओ शहरमा आयोजित  प्रतियाेगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।
उनीहरुको स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल छिसिङसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।

 

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले फाइनल यात्रा तय गरेपछि नेपालका लागि उनले थप अर्को इतिहास लेख्न सक्ने अनुमान गरिएको थियो। तर उनी अन्तिम समयमा सम्हालिन सकिनन् र प्रतिद्धन्द्धीले लगातार अंक बटुलेकी थिइन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकी थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *