राजेन्द्र लिङ्देनले गरे बेलायती मोडलको प्रजातन्त्र अभ्यासबारे छलफल – Nepal Press

राजेन्द्र लिङ्देनले गरे बेलायती मोडलको प्रजातन्त्र अभ्यासबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बेलायती गोर्खा समस्याको बारेमा स्थलगत चासो र दीर्घकालीन समाधानका उपायहरुमा गोर्खा समुदाय र अगुवाहरुसँग छलफल गरेका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युके पुगेका लिङ्देनलेले त्यहाँ रहेका नेपाली समूदायसँग छलफल गरेका हुन्।

बेलायत प्रवासमा रहेका नेपालीका समस्या, उन्नति प्रगतिका साथै नेपालको राजनीतिमा विदेशमा रहेका नेपालीहरूको भूमिका, वंशजको नेपाली नागरिकताको निरन्तरता जस्ता विषयमा संवाद गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बेलायती राजसंस्था, राजसंस्थाप्रति बेलायती जनताको सम्मान, बेलायती मोडलको प्रजातन्त्र र यसको अभ्यासका बारेमा समेत छलफल भएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर