सामाजिक सञ्जालमा पार्टीविरूद्ध लेखे कारवाही गर्ने जसपा नेपालको चेतावनी – Nepal Press

सामाजिक सञ्जालमा पार्टीविरूद्ध लेखे कारवाही गर्ने जसपा नेपालको चेतावनी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले नेता कार्यकर्तालाई पार्टीको हित विपरित सामाजिक सञ्चालमा बोल्न र लेख्न रोक लगाएको छ।

हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय पार्टी पंक्तिलाई परिपत्र गर्दै महासचिव लालबाबु राउतले पार्टी अनुशासन विपरित फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहीत विपरीत कार्य नगर्न निर्देशन दिएका हुन्।

परिपत्रमा भनिएको छ, ‘पार्टी वा पार्टीसङ्ग आबद्ध सङ्गठनका पदाधिकारी एवम् सदस्यहरूद्वारा पार्टीहीतलाई आघात पुग्नेगरी वा पार्टी अनुशासन एवम् आचारसंहिता विपरित फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहीत विपरीत कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान बमोजिम कारवाही गर्ने निर्णय गरियो ।’

जनतासँग जसपा अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिहरूले पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसक्ने चेतावनी पनि दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर