दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार – Nepal Press

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।

प्रहरीको साइबर ब्युरोले प्रसाईलाई चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *