स्नातकको सर्टिफिकेट बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता – Nepal Press

स्नातकको सर्टिफिकेट बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि भट्टराईको नाम अस्वीकृत गर्ने संसदीय समितिको तयारी थियो ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा दुईतिहाइ नपुगेपछि आज निर्णय लिने भन्दै सदस्यहरू उठेका थिए । समिति सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार हिजो १५ मध्ये ८ सदस्यमात्रै उपस्थित थिए ।

भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध नभएपछि समितिले हिजोसम्म प्रमाणपत्र बुझाउन समय दिएको थियो । समितिको बैठक मंगलबार बिहान बोलाइएको थियो ।

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन भइसकेको छ ।

समिति सभापति ईश्वरी न्यौपानेले आज अपरान्ह बैठक बसेर भट्टराईको निवेदन स्वीकृत गर्ने तयारी रहेको नेपाल प्रेसलाई बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *