शेयर बजारमा ५८ अंकको गिरावटसँगै २५ सय तल झर्‍यो नेप्से – Nepal Press

शेयर बजारमा ५८ अंकको गिरावटसँगै २५ सय तल झर्‍यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा झरेको छ । ३०९ वटा कम्पनीको मंगलबार शेयर खरिद बिक्री भएको छ ।

आज १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिद बिक्री भएको हो । ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घटेको दिन पनि कारोबारमा स्वरोजगार लघुवित्त वित्तीय संस्था ८.८१ र सुपर साङ्गे हाईड्रोपावरको ७.८३ प्रतिशत गरी १० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *