आगजनीको आरोपमा दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ – Nepal Press

आगजनीको आरोपमा दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

काठमाडौं । झापामा ट्रक आगजनीको आरोपमा दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दल (पीडीएफ)का संयोजक पक्राउ परेका छन् ।

आइतबार पूर्व- पश्चिम राजमार्गमा ३ वटा ट्रकमा आगजनी गरेको आरोपमा पीडीएफका संयोजक भीम तुम्बापोलाई प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्न १२ बजे झापा शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर बजारमा हिडँडुल गरिरहेको अवस्थामा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाऊ महाअभियान’ को भातृ संगठन नागरिक प्रतिरक्षा बलका झापा जिल्ला संयोजक तुम्बापोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले नेपालप्रेसलाई बताए ।

दुर्गा प्रसाईं पक्राउ गरेको विराेधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले आइतबार राति  ३ वटा भारतीय ट्रकमा आगजनी गरेका थिए ।  ६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका थिए। मेडिकल व्यवसायी प्रसाईंलाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय, झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनी झापालाई बुझाएको छ ।

उनलाई आइतबार झापाको कन्काई नगरपालिका ८, बिरिङ पुल गिरीबन्धु टी स्टेट नजिक पुर्व पश्चिम राजमार्गमा २ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रवक्ता चन्दले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *