बाल मन्दिरको जग्गा प्रकरणमा कावा प्रधानमन्त्री सिंहकी दिदीको नाम जोडिएपछि मुद्दा ढिसमिस बनाउन खोजेको मिश्रकाे आरोप – Nepal Press

बाल मन्दिरको जग्गा प्रकरणमा कावा प्रधानमन्त्री सिंहकी दिदीको नाम जोडिएपछि मुद्दा ढिसमिस बनाउन खोजेको मिश्रकाे आरोप

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आफूसँग एक्लै लड्न चुनौती दिएका छन् । उनले आफूलाई अनेक हत्कन्डा गरेर हराएको भन्दै उपप्रधानमन्त्री भएर के गर्नुभयो भन्दै सिंहसँग प्रश्न गरेका छन् ।

मिश्रले कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका सिंहलाई चुनौती दिँदै लेखेका छन्, ‘एक्लै-एक्लै फाइट गर्ने ? एक्लै-एक्लै लडेको भए मैले तपाईं (प्रकाशमान सिंह)लाई दुबै पटक आरामले हराइदिन्थें, तर के गर्ने सबै हत्कन्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।’

सिंहले चुनाव जितेर केही गर्न नसकेको भन्दै उनले हारे पनि आफ्नो नाक १०० गुणा बढी ठाडो रहेको जिकिर गरेका छन् ।

‘चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्योअनुरूपको काम हुनुपर्छ, जुन तपाईंमा शून्य छ’, मिश्रले भनेका छन्, ‘मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईं जस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौं गुणा बढी छ ।’

उनले अब तेस्रो पटक, अनाथ बालबालिकाको बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाउ गर्न मुद्दा नै ढिसमिस गर्न खोजेको आरोप लगाएका छन् । यो जग्गा प्रकरणमा सिंहकी दिदी रीता सिंह वैद्यको नाम मुछिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर