औद्याेगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच ल्याउन पाउने – Nepal Press

औद्याेगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच ल्याउन पाउने

काठमाडौं । औद्योगिक प्रयोजनका लागि अब सुपारी, केराउ र मरिच आयात गर्न पाइने भएको छ । साेमबार राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगीक प्रयोजनको लागि कच्चा पदार्थको रुपमा मरिच, केराउ र सुपारी ल्याउन पाइने भएको हो ।

नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड ६९, सङ्ख्या ५२ को २०७६ जेठ २४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई खुल्ला गरेको हो ।

‘आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिचको पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले छ,’, राजपत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर