कुमारी बैंकद्वारा गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण – Nepal Press

कुमारी बैंकद्वारा गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण

काठमाडाैं ।  युसएड साझेदारीमा“देशै भरि बर्षै भरि”उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण दिएकाे छ ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथाब्यवहार विकासबाट मात्रै व्यावहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारी जीएप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर