१०३ च्याङ्ग्रा चोरी गरेको आरोपमा पक्राउ, पैसा दिन्छु भन्दै मुस्ताङबाट पोखरा ल्याएका थिए मालिकलाई – Nepal Press

१०३ च्याङ्ग्रा चोरी गरेको आरोपमा पक्राउ, पैसा दिन्छु भन्दै मुस्ताङबाट पोखरा ल्याएका थिए मालिकलाई

काठमाडौं । मुस्ताङबाट ल्याएको १०३ वटा च्यांग्रासहित फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले ५० वर्षीय मोहम्मद फकिरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फकिरले पोखरामा पैसा दिने भन्दै च्याङ्ग्रा र मालिकलाई लिएर असोज १ गते मुस्ताङबाट आएका थिए । तर पोखरामा आएपछि मालिकलाई झुक्याएर फकिरसहितको समूह च्यांग्रासहितको गाडी लिएर फरार भएको प्रहरीले जनाएको छ । ड्यामसाइडमा होटलमा सुतिरहेको अवस्थामा फकिरसहित तीन जनाको समूह च्यांग्रा मालिकलाई झुक्याएर भागेकव थियो ।

प्रारम्भिक अनुसन्धानमा फकिरले ल्याइएको च्यांग्रा आफुले अरुलाई विक्री गरिसकेको बताएका छन् । उक्त समूहले च्यांग्रा धनी ताक्ला गुरुङसँग ४२ लाखमा ती च्याङ्ग्रा किनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *