राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न ध्यानाकर्षण – Nepal Press

राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न ध्यानाकर्षण

काठमाडौं । राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्त समेतका आधारमा सिफारिस गर्न संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको मंगलबार बसेको बैठकले राजदूत सिफारिस गर्दा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम समावेशी र संसदीय सुनुवाइृ समितिको कार्यविधि, २०८० को दफा ३ को उपदफा १ बमोजिम समावेशी सिद्धान्त समेतको आधारमा सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाई गर्न सिफारिस गर्दा सम्बन्धित उम्मेदवार वा व्यक्तिको योग्यता लगायका कानून बमोजिमका सम्पूर्ण प्रमाणीत कागजात एकैसाथ राखी समितिमा सिफारिस गर्न ध्यानाकर्षण गराउने निर्णय समेत गरेको समितिका सदस्य सुनिता बरालले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार संसदीय सुनुवाई समितिको कार्यविधिको दफा ३ को उदफा २ र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को खण्ड छ बमोजिम ध्यानाकर्षण गराएको हो ।

बैठकले श्रीलंगकाका लागि नेपाली राजदूत पदमा सिफारिस भएका रामकृष्ण भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सहितको पत्र समितिमा पेश गरेका कारण उनको नाम सबै सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर