एनएमबि बैंकको कार्ड हाेल्डरलाई बुद्ध एयरकाे टिकट किन्दा विशेष छुट  – Nepal Press

एनएमबि बैंकको कार्ड हाेल्डरलाई बुद्ध एयरकाे टिकट किन्दा विशेष छुट 

काठमाडाैं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर