शंकर पोखरेलको टिप्पणी- कारवाहीको सिफारिस हुँदा पनि रविले भ्रमपूर्ण प्रचार गरे (भिडिओ) – Nepal Press

शंकर पोखरेलको टिप्पणी- कारवाहीको सिफारिस हुँदा पनि रविले भ्रमपूर्ण प्रचार गरे (भिडिओ)

'प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको छटपटी पोख्दैछन्, माओवादी हिंसामात्रै थिएन आतंक नै थियो'

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गर्दा पनि रास्वपा सभापति रवि लामिछानेले भ्रमपूर्ण प्रचार गरेको दाबी गरेका छन् । धनगढीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले क्लीन चीट अदालतले सफाइ नदिई नपाइने बताए ।

उनले भने, ‘क्लीन चिट पाए भनेर घोषणा गर्ने कुरा होइन । क्लीन चिट अनुसन्धानको प्रक्रियामा प्रवेश गरेपछि सफाइ पाएपछि मात्रै पाइन्छ । हल्ला गरेको भरमा क्लीन चिट पाइने होइन । संसदीय छानबिन समितिले कानूनसम्मत कारवाही गर भनेको छ । कारवाही गर भनेको विषयलाई क्लीन चिट प्राप्त गरे भनेर भ्रमपूर्ण प्रचार गरेका छन् । त्यो अनुचित हो ।’

उनले सरकारबाट बाहिरिनुपर्दा प्रचण्डको छटपटीको कारणले राष्ट्रिय राजनीति तनावपूर्ण बनेको बताए ।

उनले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो । माओवादी आन्दोलन हिंसाको आलोचना गर्दा हिंसा असंसदीय हो भनेर विरोध गर्नुभयो । उहाँले राष्ट्रमा आतंक नै गर्नुभएको छ ।’

उनले माओवादीको १० वर्षे आन्दोलन हिंसामात्रै नभएर आतंक नै भएको दाबी गरे । मुलुकको लोकतन्त्रलाई स्थायित्व बनाउँदै संविधान संशोधन गर्दै अगाडि बढ्नको लागि कांग्रेससँग मिलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर