माओवादी हिंसामात्र होइन आतंक थियो : एमाले महासचिव पोखरेल (भिडिओ) – Nepal Press

माओवादी हिंसामात्र होइन आतंक थियो : एमाले महासचिव पोखरेल (भिडिओ)

' परिवर्तनको लागि भनेर बलिदान गर्ने कार्यकर्ताप्रति सम्मान छ'

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै थियो भन्दै हिंसा शब्द असंसदीय नरहेको बताएका छन् । प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्टयाए ।

पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं ।’

महासचिव पोखरेलले हिंसा शब्दको विरोध गरेर माओवादीले संसद अवरोध गर्नुको अर्थ नरहेको भन्दै गैरन्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर