आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले दियो प्रहरीमा जाहेरी
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको छ । केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो ।
झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन् । उनले टिकट काट्न व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरिन् । आइन्दा उक्त पुलमा कर नउठाउन चेतावनी दिएर उनी हिँडेकी थिइन् ।
नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।
भक्तपुर प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान सुरू भएको बताए । तामाङले ‘आपराधिक उपद्रव’ गरेको आरोप जाहेरीमा लगाइएको छ ।
कुनै ब्यक्तिको सनकाहको भरमा कसै मार्फत तयार गरिएका संरचनामाथि खुला गर्न गराउन के कस्ता कानुनी प्रक्रिया छन्, सोच विचारै नगरी दुर्गा प्रसाईको पारा भएन र, स्थानिय जनता, स्थानिय सरकार, सुरक्षानिकाय लगायत संघ संस्था, पार्टी आदि समेतका छलफल गराएको भए कुनै उपाय सोझिन्थ्यो कि, जयहोस् ।
झोलुङ्गे पूलमा कर उठाउन अर्थात् टिकट काटेर मात्र जान पाइने कुराको समर्थन गर्न सकिदैंन। अभियन्ता तामाङ ज्यूले गरेको शैलीमा प्रश्न उठाउन सकिएला तर बिषय जायज उठाउनु भएको छ।
Kura nabujhi comment garne ko Dr rhix yo . Yasko Dr original ta ho ?
नपाल सरकारले बिकासका काम गरेपछि सुल्क उठाउने हाे भने किन बिदेशी ऋण लिनु पर्याे? बिकास काम गरेपछि सुल्क उठाए भइगाेनि
जे गर्यो ठिक गर्यो छोरीले
शुल्क नउठाए झोलेहरलाई कसरी पाल्ने त?
Nice job sister 👏 👍 👌 ❤️
झोलुङ्गे पुलमा पनि टिकट यो कदापि हुनुहुँदैन । जायज कुरा उठाएको हो आशिका तामाङ्ग ले समर्थन गर्नु पर्छ सच्चा म नेपाली हुँ भन्ने ले ।
सरकारले निर्माण गरेका झोलुंगेपुल नेपाली जनताका सहजका निम्ती बनाएका हुनकी कुनै बिलासीता आनंद लीनलाई हो सरकारले केका लागी पैसा असुलेकाहुन ?
पुल तर्नका लागि पन्चायत कालमा कुनै कुनै नदि पार गर्दा पुलको कर उठाउने गर्थ्याे तर सर्वत्र विराेध हुने गर्थ्यो। के तपाईले थाहा छ? तपाईं पन्चायत काल त थाहा छ? छैन भने नबाेलौँ । त्याे बेला पनि जनसमुदायमा अपाच्य कुरा थियो तब के आजकाे जमानामा पनि यस्ताे लाज मर्दो गरि कर उठाउने काम पाच्य हुन्छ? याे त सर्मकाे कुरा हाे! कुन देशमा हाेला पुल तर्न जनताले कर तिर्नुपर्ने देश?
याे त बागलुङ र परवत जिल्लामा बनाइएको व्यपारिक प्राइभेट मनाेरन्जनात्म पिङ्ग अथवा स्काइ जिपलाइन त हाेइन हाेला नी? यदि जनताको सहुलियतकाे लागि निर्माण गरिएको भए कसरि पैसा उठाएर लाज मर्दाे काम गरेकाे स्थानिय निकायले ?
पुल तर्नका लागि पन्चायत कालमा कुनै कुनै नदि पार गर्दा पुलको कर उठाउने गर्थ्याे तर सर्वत्र विराेध हुने गर्थ्यो। के तपाईले थाहा छ? तपाईं पन्चायत काल त थाहा छ? छैन भने नबाेलौँ । त्याे बेला पनि जनसमुदायमा अपाच्य कुरा थियो तब के आजकाे जमानामा पनि यस्ताे लाज मर्दो गरि कर उठाउने काम पाच्य हुन्छ? याे त सर्मकाे कुरा हाे! कुन देशमा हाेला पुल तर्न जनताले कर तिर्नुपर्ने देश?
याे त बागलुङ र परवत जिल्लामा बनाइएको व्यपारिक मनाेरन्जनात्म पिङ्ग अथवा स्काइ जिपलाइन त हाेइन हाेला नी? यदि जनताको सहुलियतकाे लागि निर्माण गरिएको भए किन जनता बाट कर उठाएर लाजमर्दो काम गर्ने स्थानिय निकायले?
यस्तो गौरबमय निर्माण गरिएकोमा गौरब गर्नु पर्ने हाेइन र?
कि त मनाेरञ्जनात्मक ब्यापारीक स्थलको रुपमा अलिक महँगो टिकट नै कटएर इच्छा लाग्ने हरुलाई मात्र प्रवेश दिनु पर्याे ।
नियमित रूपमा हिड्ने पुल हो र ? प्राकृतिक रुपमा बनेका गुफा, झरना हेर्न त शुल्क तिर्नु पर्छ। यो त त्यही पुलमा चढ्ने र दृश्यावलोकन गर्दै मनोरञ्जन लिने गरी संरचना बनाएको र सोको लागि नगरपालिकाले निर्णय गरी तोकेको शुल्क तिर्दिन भन्न मिल्छ र?
निश्चित अवधिसम्म पैसा उठाउने तर ब्यक्तिगत लगानी हो भने तर सार्वजनिक सम्पत्ति या सरकारको बजेट पैसा हो भने नितिगत भ्रष्टाचार हो। यस्तो कार्य गर्न गराउन तुरुन्तै बन्द गरौ। सामाजिक अभियान्ता आशिका तामाङको सहि अभियान हो।