शैक्षिक परामर्शदातृ संस्थालाई यी तीन शर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन – Nepal Press

शैक्षिक परामर्शदातृ संस्थालाई यी तीन शर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई ३ शर्त पालना गर्न निर्देशन दिएको छ ।

शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन सर्त अघि सारेको हो ।

शैक्षिक परामर्शदातृ संस्थाले नेपालका विश्वविद्यालय, तिनमा पढाइ हुने कार्यक्रम र नेपालमा प्राप्त हुने अवसरको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीको पूर्ण विवरण पेस गर्नुपर्ने सर्तमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर