दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना – Nepal Press

दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

काठमाडौं । चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ । यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै आएको चीनले पहिलो पटक आफ्नो सीमाभन्दा बाहिर निशाना बनाएको छ ।

चिनियाँ मिडियाहरुले मिसाइल हिँडेको क्षेत्रका देशहरुलाई अग्रिम जानकारी दिएको बताएको छ, तर जापानले आफूलाई त्यस्तो जानकारी नभएको सार्वजनिक गरेको छ । यस अगाडि चीनले सिन्च्याङ प्रान्तको ताक्लामाकाङ क्षेत्रमा यस्ता मिसाइलहरु परीक्षण गर्दै आएको थियो ।

पछिल्लो समय चीनले सन् १९८० मा आईसीबीएम परीक्षण गरेको थियो । त्यो समयमा चीनको आईसीबीएसले ९ हजार ७० किलोमिटरको दुरी पार गरेको थियो । पछिल्लो परीक्षणले कति दुरी पार गर्‍यो र कति लोड बोकेको भन्नेबारेमा खुलाइएको छैन ।

रुस र युक्रेन युद्ध, अमेरिका र चीनको बढ्दो शीतयुद्ध तथा हिन्द प्रशान्त क्षेत्रमा बढेको भूराजनीतिक तनावका दौरान चीनले गरेको आईसीबीएम परीक्षण भएकाले यसले विश्व हेडलाइन बनाएको छ । अझ चीनले झण्डै दुई दशकपछि परीक्षण गरेकोले पनि यसले चासो बढाएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर