उपाध्यक्ष यादवको नेतृत्वमा दुई दर्जन नेताले फुटाए नागरिक उन्मुक्ति, राजेन्द्र महतोको पार्टीमा समाहित हुने – Nepal Press

उपाध्यक्ष यादवको नेतृत्वमा दुई दर्जन नेताले फुटाए नागरिक उन्मुक्ति, राजेन्द्र महतोको पार्टीमा समाहित हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी फुटेको छ । केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा २६ जना नेताहरुले नागरिकत उन्मुक्ति परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरुले राजेन्द्र महतोले भर्खरै गठन गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने घोषणा गरेका छन् ।

उनीहरु पार्टीको केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद नमिलाएको, मूल मुद्दाबाट विमुख भएकोलगायत आरोप लगाउँदै पार्टीबाट अलग भएको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर