सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता हो : सभापति देउवा (भिडिओ) – Nepal Press

सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता हो : सभापति देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

 

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधवार उनले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए । उनले सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

उनले भने, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाहरुको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’

उनले काँग्रेसहरु एक भएर अघि बढ्नुपर्ने पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *