ओडीआईको आइसीसी वरियतामा सन्दीप, करण र गुल्सनको छलाङ – Nepal Press

ओडीआईको आइसीसी वरियतामा सन्दीप, करण र गुल्सनको छलाङ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ एकदिवसीय वरीयतामा नेपाली क्रीकेटर सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले छलाङ मारेका छन् ।

आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा सन्दीप अलराउन्डरतर्फ २२ स्थान सुधार गर्दै ४१ औं स्थानमा उक्लिएका छन् । बलिङतर्फ भने उनी ४८ औं स्थानमा यथावत छन् ।

अलराउन्डरतर्फ करण केसीले ११ स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिदा गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ ललित राजवंशीको २ स्थान तल झरेका छन् । ललित ५२ औं र दीपेन्द्र ६४ औं स्थानमा छन् ।
ब्याटिङतर्फ कप्तान रोहित पौडेल ८७ औं स्थानमा यथावत हुँदा आसिफ शेख ११ स्थान र कुशल भुर्तेल ४ स्थान तल खस्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *