परराष्ट्रमन्त्री र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट – Nepal Press

परराष्ट्रमन्त्री र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

वाशिङटन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति मिशन सहभागी भएर योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताइन् ।

परराष्ट्रमन्त्रीले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरिन् । उक्त भेटमा दिगो विकासका लक्ष्य, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।

नेपालले अति कम विकसित देशहरुको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरुको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएको उक्त नियागले जनाएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर