चितवनका एक तिहाइ बस्ती बाढीको जोखिममा – Nepal Press

चितवनका एक तिहाइ बस्ती बाढीको जोखिममा

चितवन । मनसुनको अन्तिममा देशभर आजबाट अत्याधिक वर्षा हुने भनी मौसम विभागले जारी गरेको सूचना अनुसार चितवन प्रतिकार्य गर्नुपर्ने जिल्लामा पर्छ ।

चितवनबाट भएर राजनधानी भित्रिने सडकको मूल सडक नारायणगढ मुग्लिन सडकको जोखिम, राप्ती र नारायणीले घेरेको र अन्य खोलाहरुको पनि किनाराको बस्ती भएकोले चितवनमा पानी परेपछि बाढी अत्याधिक जोखिम हुने गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिले पनि आजबाट हुने भनिएको अत्याधिक वर्षाको कारण रेड नोटिस जारी गर्नुपर्ने अवस्था चितवनमा आउनसक्ने आँकलन गरेको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चितवनका सात पालिकाका ९८ वटा वडा मध्ये एक तिहाइ बस्ती बाढीको जोखिममा छ ।

आरीघोप्टे पानी पर्ने पूर्व जानकारी भएकोले ती बस्तीका बासिन्दाहरुलाई सचेत अवस्थामा बस्न प्रमुख जिल्ला अधिकारी यादवले सुझाएका छन् । बस्तीमा हुनसक्ने बाढीजन्य जोखिमबाट स्थानीयलाई जोगाउन प्रतिकार्यको लागि समिति तयारी अवस्थामा रहेको पनि बताए ।

साथै वर्षाको समयमा अति आवश्यक बाहेकको अवस्था बाहेक यात्रामा नहिँड्न पनि उनले अनुरोध गरेका छन् । ‘हामीकहाँ एक तिहाइ बस्ती बाढीको जोखिममा र नारायणगढ मुग्लिन सडक जस्ता हाइवे जोखिम अवस्थामा रहेका छन्,’ प्रमुख जिल्ला अधिकारी यादवले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘पानी परेको समय र रातीको समयमा सकेसम्म यात्रामा नहिँड्न र पहिचान भएका जोखिमका बस्तीहरुका बासिन्दालाई पनि बाढीबाट जोगिन पूर्व तयारी अवस्थामा बस्न अनुरोध गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *