गोली प्रहार गरी श्रीमतीको हत्या, विदेशबाट आएपछि भएको थियो विवाद – Nepal Press

गोली प्रहार गरी श्रीमतीको हत्या, विदेशबाट आएपछि भएको थियो विवाद

बरहथवा । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।

उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।


प्रतिक्रिया

One thought on “गोली प्रहार गरी श्रीमतीको हत्या, विदेशबाट आएपछि भएको थियो विवाद

  1. समाचारको शीर्षकमा “चित्रलेखा यादवको गोली हानी हत्या” भनेको भए त यो समाचारले सनसनी नै मच्चाऊने रहेछ त होऊ । धन्न पत्रकारिताको मर्म बुझेको ब्यवसायिक समूहबाट संचालित वेवसाईट भएर सन्तुलन चाँही रहेछ है, मात्र सूचनामूलक/जानकारीमूलक समाचार सामग्री मात्रै बनाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *