नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्टमा
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारमध्ये तीन जनाको नाम सर्ट लिष्ट (संक्षिप्तसूची) मा परेको छ ।
अर्थ मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सर्ट लिष्टमा परेका आवेदकलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।
सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा।नवराज अधिकारी रहेका छन् ।
उनीहरूलाई असोज १८ मा बिहान ८ः०० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ ।
सिफारिस समितिले अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवारको चयन गर्न अन्तरवार्ता र कार्य योजनाको प्रस्तुतीकरणमार्फत मूल्यांकन गर्नेछ ।
अर्थ मन्त्रालयले आवेदकलाई तोकिएको मिति र समयमा उपस्थित हुन पुनः जानकारी गराउँदै, कुनै कारणवश अनुपस्थित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं आवेदकको हुने जनाएको छ ।