बलात्कारमा फसाइदिने भन्दै ३० लाख खाएको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरमाथि छानबिन – Nepal Press

बलात्कारमा फसाइदिने भन्दै ३० लाख खाएको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरमाथि छानबिन

काठमाडौं । ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो । घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले बतायो । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *