पाकिस्तानमा इस्लाम धर्मका दुई सम्प्रदायको भिडन्त, २० भन्दा धेरैको मृत्यु – Nepal Press

पाकिस्तानमा इस्लाम धर्मका दुई सम्प्रदायको भिडन्त, २० भन्दा धेरैको मृत्यु

काठमाडौं । पाकिस्तानमा सुन्नी र सिटी सम्प्रदायको बिचमा भएको भिडन्तमा २० जना भन्दा धेरेको मृत्यु भएको छ ।

पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेको सूचना साभार गरेर जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार अफगानिस्तानको सीमा जोडिएको पाकिस्तानको कुराम जिल्लामा भएको एक जमिनको विवादमा जोडिएको सवालमा दुई समुदायको भिडन्त छ ।

पाकिस्तानी अधिकारीहरूले कम्तीमा ७५ जना घाइते भएको जानकारी सार्वजनिक गरेको डिडब्लूले लेखेको छ ।

भिडन्तमा परेर कयौँ घरहरू भत्किएका छन् भने हिंसा रोक्न सरकारले गरेको प्रयत्न असफल भएको थियो । पाकिस्तान सरकारले धार्मिक समूहका नेताहरूलाई आग्रह गरेर हिंसा अन्त्य गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर