बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेकी इन्स्पेक्टर शाहीलाई निलम्बनको सिफारिस – Nepal Press

बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेकी इन्स्पेक्टर शाहीलाई निलम्बनको सिफारिस

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको नेपाल प्रेसलाई बताए ।

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ । उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर