सुस्ता जोड्ने नारायणी नदीको झोलुंगे पुल राष्ट्रपतिद्वारा उद्घाटन (भिडिओ) – Nepal Press

सुस्ता जोड्ने नारायणी नदीको झोलुंगे पुल राष्ट्रपतिद्वारा उद्घाटन (भिडिओ)

रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका वडा नं ५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर(सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् । साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्तीसमेत शुभारम्भ गरिएको छ ।

 

नेपाल सरकार, शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता छ ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । बर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।

डुंगा दुर्घटना हुदा मानवीय क्षतिसमेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याटबाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने ऊखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्तामा राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर